आरसीबीविरुद्ध बलिङ गर्दै हैदराबाद, यस्तो छ दुवैको प्लेइङ-११

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको छैटौँ म्याचअन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध सनराइजर्स हैदराबादले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुँदैछ । हैदराबादले प्लेइङ ११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ ।

उसले मोहम्मद नाबी र सन्दीप शर्मालाई विश्राम दिँदै जेसन होल्डर र सहबाज नदीमलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  राजस्थान र सीएसकेबीचको म्याच आज, यस्तो छ सम्भावित प्लेइङ-११

आरसीबीले प्लेइङ ११ मा एकम खेलाडी परिवर्तन गरेको छ । उसले रजत पाटीदारलाई आराम दिएर देवदत्त पाडिक्कलाई समावेश गरेको छ ।

जारी सिरिजनको पहिलो खेलमा आरसीबीले मुम्बइलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

हैदराबादले भने पहिलो खेलमा केकेआरसँग हारको सामना गरेको थियो ।

यो पटक पनि आरसीबीमा विराट कोहली र हैदराबादमा डेविड वार्नर कप्तान छन् ।

याे पनि पढ्नुस  आईपीएलको फाइनल भोलि, यस्तो छ सम्भावित प्लेइङ-११

यी दुई टिमबीचको पछिल्ला पाँच खेलमा हैदराबाद हाबी देखिन्छ । पाँच खेलमा हैदराबादले आरसीबीलाई तीन म्याचमा हराएको छ ।

यी दुवै टिम गत सिजनमा ‘प्लेअफ’मा पुगेका थिए । हालसम्म हैदराबादले एक पटक आईपीएल उपाधि जितेको छ ।

आरसीबीले भने तीन पटक फाइनलमा स्थान बनाए पनि ट्रफी हात पार्न सकेको छैन ।

याे पनि पढ्नुस  आईपीएल : राजस्थानमाथि केकेआरको शानदार जित

आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, सहबाज नदीम, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), डानियल क्रिश्चियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह (विकेटकीपर), मनीष पाण्डे, जोनी बेयरिस्टो, विजय शंकर, जेसन होल्डर, अब्दुल समद, राशिद खान, भुवनेश्वर कुमार, सहबाज नदीम र टी नटराजन ।

कमेन्ट गर्नुहोस्