चितवनमा सडक दुर्घटना, १ जनाको मृत्यु, ४ घाइते

चितवन : चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् । भरतपुर महानगरपालिका-२६ मा खहरेघारीबाट घादु्रकचोकतर्फ जाँदै गरेको ना ४२ प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर-२६ कै ४० वर्षीय दीपेन्द्र चौधरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मोटरसाइकल पछाडि सवार भरतपुर-२५ का २२ वर्षीय अमित महतो दुर्घटनामा घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  चितवनमा गायक प्रताप दासले प्रस्तुति दिने

यस्तै आज दिउँसो २ः५५ बजे रत्ननगर नगरपालिका-२ बेल्सिपुल नजिक भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । ना ३५प ६५०२ नम्बरको स्कुटरले विपरीत दिशाबाट आइरहेको प्रदेश ३-०३-००१ प २६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा२ख ४५२२ नम्बरको बसमा ठोक्किन पुगेको थियो । सो क्रममा स्कुटर र मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  दाजुभाई मिलेर आफ्नै मोटरसाईकल जलाए

कमेन्ट गर्नुहोस्