आरसीबीद्धारा हैदराबादलाई सामान्य लक्ष्य

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले सनराइजर्स हैदराबादलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ४९ रन बनायो ।

उसका लागि ग्लेन म्याक्सेवलले ४१ बलमा तीन छक्का र पाँच चौकासहित सर्वाधिक ५९ रन बनाए ।

त्यस्तै, कप्तान विराट कोहलीले ३३, साहबाज अहमदले १४, देवदत्त पाडिक्कलले ११ र कायल जेमिसनले १२ रनको योगदान दिए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

याे पनि पढ्नुस  आईपीएल फाइनल : पन्त र अय्यर चम्किँदा दिल्लीले दियो मुम्बईलाई प्रतिस्पर्धात्मक लक्ष्य

बलिङमा राशिद खानले सबैभन्दा किफायती बलिङ गरे । उनले चार ओभरमा महत्वपूर्ण दुई विकेट लिएर १८ रन खर्चिए ।

त्यस्तै, जेसन होल्डरले तीन, भुवनेश्वर कुमार, टी नटराजन र सहबाज नदीमले एक/एक विकेट लिए ।

हैदराबादले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ ।

उसले मोहम्मद नाबी र सन्दीप शर्मालाई विश्राम दिँदै जेसन होल्डर र सहबाज नदीमलाई मौका दिएको छ ।

आरसीबीले प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले रजत पाटीदारलाई आराम दिएर देवदत्त पाडिक्कलाई समावेश गरेको छ ।

याे पनि पढ्नुस  आईपीएलमा चेन्नईविरुद्ध मुम्बई १० विकेटले विजयी

देवदत्त पाडिक्कल । फाइल तस्बिर
जारी सिरिजनको पहिलो खेलमा आरसीबीले मुम्बइलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

हैदराबादले भने पहिलो खेलमा केकेआरसँग हारको सामना गरेको थियो ।

यी दुई टिमबीचको पछिल्ला पाँच खेलमा हैदराबाद हाबी देखिन्छ । पाँच खेलमा हैदराबादले आरसीबीलाई तीन म्याचमा हराएको छ ।

यी दुवै टिम गत सिजनमा ‘प्लेअफ’मा पुगेका थिए । हालसम्म हैदराबादले एक पटक आईपीएल उपाधि जितेको छ ।

याे पनि पढ्नुस  आईपीएलमा शिखर धवनले बनाए नयाँ कीर्तिमान

आरसीबीले भने तीन पटक फाइनलमा स्थान बनाए पनि ट्रफी हात पार्न सकेको छैन ।

आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, सहबाज नदीम, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), डानियल क्रिश्चियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह (विकेटकीपर), मनीष पाण्डे, जोनी बेयरिस्टो, विजय शंकर, जेसन होल्डर, अब्दुल समद, राशिद खान, भुवनेश्वर कुमार, सहबाज नदीम र टी नटराजन ।

कमेन्ट गर्नुहोस्