साउथ अफ्रिकाविरुद्ध पाकिस्तानको फराकिलो जित

काठमाडौं : दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजको तेस्रो खेलमा पाकिस्तान ९ विकेटले विजयी भएको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय ४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान बाबर आजमले शतकीय पारी खेले । उनले ५९ बलमा १५ चौका र चार छक्कासहित १२२ रन बनाए । टी-२० अन्तर्राष्ट्रियमा बाबरको यो पहिलो शतक हो ।

त्यस्तै, मोहम्मद रिजवानले ४७ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा अविजित ७३ रन बनाए ।

फखर जमानले २ बलमा नटआउट ८ रनको योगदान दिएन । बलिङमा लिजाड विलियम्सले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो ।

उसका लागि एडम मार्करम र जान्नेमान मलानले अर्धशतकीय पारी खेले ।

मार्करमले ३१ बलमा चार छक्का र ६ चौकासहित ६३ र मलानले ४० बलमा दुई छक्का र ५ चौकासहित ५५ रन बनाए ।

त्यस्तै, रस्सीभानडर दुसेनले अविजित ३४, जर्ज लिन्डेले २२ कप्तान हेनरिक क्लासेनले १५ र एन्डिले फेहलक्वायोले ११ रनको योगदान दिए ।

बलिङमा मोहम्मद नवाजले दुई, हसन अली, शाहीनसाह अफ्रिदी र फहीम असरफले एक/एक विकेट लिए ।

आजको जितसँगै चार खेलको सिरिजमा पाकिस्तानले २-१ को अग्रता बनाएको छ । यी दुई टिमबीचको अन्तिम टी-२० म्याच शुक्रबार हुनेछ ।

 

कमेन्ट गर्नुहोस्