गण्डकी प्रदेश सरकारविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता हुनसक्ने

पोखरा, गण्डकी प्रदेश सरकारविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता हुने सम्भावना देखिएको छ ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताब दर्ता गर्ने तयारी गरेका हुन् ।

जनमोर्चा नेपालले बुधबार एक वक्तव्य जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो । यद्यपी पार्टी नयाँ सरकारमा भने सहभागी नहुने केसीले बताएका थिए ।

जनमोर्चाको समर्थन फिर्तासँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेका २८ जना सांसद छन् ।

प्रदेश सभामा जनमोर्चका ३ जना सांसद रहेका छन् । जनमोर्चाको समर्थन बिना एमालेको सरकार टिक्न सम्भव छैन ।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चालगायत सबै दलहरु मिल्नुपर्ने अवस्था रहेको छ । जनमोर्चा सरकारमा नगएपनि बाहिरबाट समर्थन गर्नसक्ने अवस्थामा नयाँ सरकार बन्ने सम्भावना स्पष्ट देखिन्छ ।

कमेन्ट गर्नुहोस्