सरकार एकपछि अर्को उत्कृष्ट काम गरिरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता प्रणाली’को शुभारम्भ गरेका छन् ।

बिहीबार प्रणालीको शुभारम्भ गर्दै उनले नेपाली माटोको अधिकतम सही सदुपयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउने चर्चा गरे ।

अब माटोको परीक्षण गर्ने व्यवस्था भएकाले जहाँबाट पनि निर्देशित गर्नसक्ने सुविधा प्राप्त भएको र नेपाली कृषकलाई प्राविधिकले जहाँबाट पनि सुझाव दिनसक्ने उनले बताए ।

डिजिटल सोइल म्यापिङको काम दक्षिण एसियामा नेपालले पहिलो पटक प्रयोग गरेको चर्चा गर्दै उनले भने, ‘सायद यो कित्ता प्रणालीको शुभारम्भ पनि हामीले दक्षिण एसियामा पहिलो पटक गरिरहेका छौं ।’

याे पनि पढ्नुस  ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउँछौंः नेपाल

‘आज हरेक मन्त्रालयले देखाउन लायकको काम गरेको छ’, उनले भने, ‘आज हरेक मन्त्रालयले आफ्नो कामप्रति गौरवान्वित भएको छ, उत्कृष्ट काम भइरहेका छन् ।’ सगरमाथाको उचाई नाप्नेदेखि, माटो नाप्ने, मेरो कित्ता प्रणालीसम्मको डिजिटल नेपालको यात्रा शुभारम्भ भइसकेको उनले बताए ।

देशलाई खाद्यन्न र खाद्यवस्तुमा आत्मनिर्भर, लगाउने वस्त्रमा आत्मनिर्भर, आवासमा आत्मनिर्भर, शिक्षा, स्वासथ्यमा पनि मुलुकलाई आत्मनिर्भर बनाउने काम सरकारले गरिरहेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रालयका सचिव, निर्देशकले मेरो पालामा यो काम भएको हो भनेर भोलि गौरव गर्ने ठाउँ बनेको छ ।’ सरकार एकपछि अर्को उत्कृष्ट काम गरिरहेको उनले चर्चा गरे ।

याे पनि पढ्नुस  ओलीलाई अछामीले भने – लचिलो हुने नाममा टाङमुनि छिर्छ भन्ने अपेक्षा गर्नु अल्पज्ञान र निचपन हो

नयाँ सोच र संकल्पकासाथ सरकार अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले मेरो कित्ता प्रणालीजस्ता कार्यक्रमले देशको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । यस्तो कार्यक्रमले नेपाली हुनुमा गर्व गराउने वातावरण बनाउने उनले बताए ।

‘हामी हरेक दिन एक पाइला अगाडि बढेका छौं, हाम्रो क्रियाकलाप सोही दिशामा छ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाललाई अल्पविकसित देशबाट विकासशील देशमा सिफारिस भइसकेको बछ । सिफारिस हुनु भनेको घोषणा भएसरह हो । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य पूरा गरिसक्छौं ।’

कमेन्ट गर्नुहोस्