शेयर बजार २० अङ्कभन्दा धेरैले बढ्यो

काठमाडौं । बिहीवार शेयर बजार २० अङ्कभन्दा धेरैले बढेको छ ।

बिहीवार खास गरी बैंकिङ र विकास बैंक लगायतका क्षेत्रमा उल्लेख्य कारोवार र वृद्धि पनि भएको छ । जलविद्युत र व्यापार उपसमूहमा भने गिरावट आएको छ ।

जसका कारण नेप्से २० दशमलव ६७ अङ्कले बढेर २७ सय ३५ दशमलव ४६ विन्दुमा पुगेको छ ।

याे पनि पढ्नुस  झनै ओरालो लाग्यो शेयर बजार, साना लगानीकर्ता चिन्तामा

बिहीवार बैंकिङ समूहको शेयर २३ अङ्कले बढ्यो ।

बिहीवार दुई सय १८ कम्पनीका एक करोड ९० लाख कित्ता शेयर आठ अर्ब ६३ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

बेस्ट फाइनान्स र एनआईसी एसिया लघुवित्तसहित आठ कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

याे पनि पढ्नुस  साताको शेयर बजारः एक अर्ब ८९ कराडको कारोबार

बिहीवार बेष्ट फाइनान्स, एनआईसी एसिया लघुवित्त, ज्योती लाइफ इन्स्योरेन्स, महिला लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने मल्टीपर्पोज फाइनान्स, नेसनल माइक्रो फाइनान्स, स्वाभिमान लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्