राष्ट्रपति भण्डारीद्वारा कलाकारिता क्षेत्रका व्यक्तित्व सम्मानित

काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीले ललितकला क्षेत्रको विकासमा कलाकारिता एवं कला लेखनको माध्यमबाट महत्वपूर्ण सहयोग पुर्‍याउने कलाकार एवं लेखक, पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०७८’ को उद्घाटनका अवसरमा सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले अढाई दशकदेखि पत्रकारितामा सक्रिय गोरखापत्र दैनिकका पत्रकार दीपक श्रेष्ठलाई ‘राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गर्नुभएको छ । यस्तै, नवीन्द्रमान राजभण्डारीलाई ललितकला लेखन पुरस्कार-२०७८ प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ । त्यसैगरी, अरनिको प्रज्ञा सम्मान-२०७८ बाट कलाकारद्वय वत्सगोपाल वैद्य र प्रविण कुमार श्रेष्ठ सम्मानित हुनुभएको छ ।

याे पनि पढ्नुस  राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेशः के–के भए प्रगति ?

यस्तै, कलाकार अनुप केसी, भाजुरत्न शाक्य, तुलबहादुर पुन, राजकुमार रानामगर, चित्रप्रकाश शाह, हरेराम यादव र प्रकाश पुनमगरलाई ‘राष्ट्रिय ललितकला पुरस्कार-२०७८’ प्रदान गरिएको छ । कार्यक्रममा कलाकारहरु मानबहादुर वम, विश्व थापा, ग्युर्मे तेन्जिङ शेष, मनिषलाल श्रेष्ठलगायत सात प्रदेशका सात कलाकारलाई ललितकला प्रादेशिक पुरस्कार–२०७८’ प्रदान गरिएको छ ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण

त्यसैगरी, कलाकार राजेन्द्र देशार, मिना थारु, कृष्णगोपाल गारु, राजु पिठाकोठे, सुन्दर श्रेष्ठ, राजु लामा योन्जन, मन गुरुङ, राजकुमार पन्त र राजेश बरालसहित १७ जना कलाकारलाई ‘ललितकला विशेष पुरस्कार-२०७८’ प्रदान गरिएको छ । राष्ट्रिय कला प्रदर्शनी जेठ २ गतेसम्म जारी रहने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्