विशाल लक्ष्य दिन चुक्योे दिल्ली

काठमाडौं: १४औँ सिजनको आईपीएलको सातौँ म्याचमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ ।

उसका लागि कप्तान ऋषभ पन्तले अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ९ चौकासहित ५१ रन बनाए ।

याे पनि पढ्नुस  दिल्लीले पायो विशाल लक्ष्य, मयंक र राहुलको शानदार ब्याटिङ

त्यस्तै, टम करनले २१, ललित यादवले २० र क्रिस वक्सले अविजित १२ रन बनाए ।

बलिङमा जयदेव उनादकटले तीन, मुस्तफिजुर रहमानले दुई र क्रिस मोरिसले एक विकेट लिए ।

राजस्थानले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ ।

उसले बेन स्टोक्सको स्थानमा डेविड मिलर र श्रेयस गोपालको स्थानमा जयदेव उनादकटलाई अवसर दिएको छ ।

याे पनि पढ्नुस  आईपीएल : पञ्जाबले दियो सीएसकेलाई १७९ को लक्ष्य

दिल्लीले पनि प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले शिमरन हेटमायर र अमित मिश्रालाई विश्राम दिँदै कागिसो रबाडा र ललित यादवलाई मौका दिएको छ ।

जारी प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके)लाई हराउँदै दिल्लीले उत्कृष्ट सुरुवात गरेको छ । आजको खेलमा पनि दिल्ली सोही लय देहोर्‍याउन चाहन्छ ।

याे पनि पढ्नुस  मुम्बईले दियो राजस्थानलाई १९४ रनको लक्ष्य

राजस्थानको-११ : जोस बटलर, मनन बोहरा, सञ्जु सामसन (कप्तान/विकेटकीपर), डेविड मिलर, शिवम दुबे, रियान पराग, क्रिस मोरिस, राहुल तेवाटिया, जयदेव उनादकट, चेतन सकरिया र मुस्तफिजुर रहमान ।

दिल्लीको-११ : पृथ्वी शा, शिखर धवन, अजिंक्य रहाणे, ऋषभ पन्त (कप्तान/विकेटकीपर), मार्कस स्टोइनिस, क्रिस वोक्स, रविचन्द्रन आश्विन, टम करन, कागिसो रबाडा, ललित र आवेश खान ।

कमेन्ट गर्नुहोस्