विश्वासको मत पाएपछि के भन्छन् मुख्यमन्त्री शाही?

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले विकास र समृद्धिको सपना पूरा गर्न लागिपर्ने बताएका छन् ।

प्रदेशसभाबाट विश्वासको मत पाएसँगै पत्रकारलाई प्रतिक्रिया दिँदै शाहीले भने,‘सरकारले विकास र समृद्धिको जुन सपना दिएको छ, त्यसलाई निरन्तरता दिन्छ ।’

उनले आफू नेतृत्वको कर्णाली सरकार ५ वर्षका लागि भएको पनि बताए । यद्यपि, अहिले राजनीतिक समीकरण बदलिसकेपछि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएको र त्यो संसदबाट प्राप्त भएको उनले बताए ।

याे पनि पढ्नुस  कर्णाली प्रदेशमा ३ सय ४२ जनाले जिते कोरोना

कमेन्ट गर्नुहोस्