बाँकेमा बस र टिपर ठोक्किँदा पाँचको मृत्यु, ४१ जना घाइते

नेपालगञ्ज : बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । ती मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

सुर्खेतबाट काठमाडौंतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

याे पनि पढ्नुस  अष्ट्रेलियामा सडक दुर्घटनामा परी २ नेपालीको मृत्यु

बेलुकी ६ बजे भएको सो दुर्घटनामा परी टीपरका चालकसहित २ जना र बसमा सवार ३ जना गरी ५ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार घाइतेहरुलाई अस्पताल पुरयाउने र मृतकहरुको सनाखत गर्ने काम भैरहेको छ ।

याे पनि पढ्नुस  घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

कोहलपुर चप्पर गौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखी करिव एक किलोमिटर पुर्व जंगलमा उक्त दुर्घटना भएको जनाउँदै डिएसपी खनालले घाइतेहरू मध्ये सात जना गम्भीर १४ जना मध्यम र २० जना सामान्य रहेको बताए ।

घाईते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको उनले बताए । दुर्घटनाको खबर पुगे लगत्तै कोहलपुरबाट गएको प्रहरीले क्रेनको सहयोगले घाइतेहरुको उद्धार गरेको थियो ।

याे पनि पढ्नुस  हुलाकी सडक बनेपछि भारतसँगको परनिर्भरता हट्यो

कमेन्ट गर्नुहोस्