विशाल लक्ष्य दिन चुक्यो पञ्जाब, चाहरको घातक बलिङ

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत आठौँ म्याचमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्स (सीएसके)लाई १ सय ७ रनको सामान्य लक्ष्य दिएको छ ।

मुम्बईको वाङखडे मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनायो ।

उसका लागि साहरुख खानले राम्रो पारी खेले । उनले ३६ बलमा चार चौका र दुई छक्कासहित ४७ रन बनाए । शाहरुखको यो दोस्रो म्याच हो ।

याे पनि पढ्नुस  आईपीएल : आरसीबीद्वारा पञ्जाबलाई १७२ रनको लक्ष्य

त्यस्तै, झय रिचडर्सनले १५, क्रिस गेल र दीपक हूडाले १०/१० रन जोड्न बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा दीपक चाहरले चार ओभरमा एक मेडनसहित चार विकेट लिएर १४ रन मात्र दिए ।

त्यस्तै, मोइन अली, ड्वेन ब्रावो र साम करनले एक/एक विकेट हात पारे । चेन्नई र पञ्जाबले आज पनि अघिल्लो खेलकै प्लेइङ-११ लाई निरन्तरता दिएका छन् ।

याे पनि पढ्नुस  मुम्बईविरुद्ध राजस्थानको शानदार जित, स्टोक्सको शतक

जारी सिजनमा दुवै टिमले एकएक म्याच खेलिसकेका छन् । पहिलो खेलमा सीएसके दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो ।

पञ्जाबले भने पहिलो म्याचमा राजस्थान रोयल्सलाई चार रनले हराएको थियो । पछिल्लो पाँच म्याचमा पञ्जाबले सीएसकेलाई एक खेलमा मात्र हराउन सकेको छ ।

याे पनि पढ्नुस  आईपीएल : पञ्जाबविरुद्ध चेन्नई १० विकेटले विजयी

चेन्नईको प्लेइङ- ११ : ऋतुराज गायकवाड, फाफ डु प्लेसिस, मोइन अली, सुरेश रैना, अम्बाती रायडू, रवीन्द्र जडेजा, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), साम करन, ड्वेन ब्रावो, शार्दुल ठाकुर र दीपक चाहर ।

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान/विकेटकीपर), मयंक अग्रवाल, क्रिस गेल, दीपक हूडा, निकोलस पूरन, शाहरुख खान, रिली मेरिडीथ, झय रिचर्डसन, रवि बिश्नोई, मोहम्मद शमी र अर्शदीप सिंह ।

कमेन्ट गर्नुहोस्