प्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटको दावीः हावाबाट तीब्र गतिमा फैलिन्छ कोरोना, प्रोटोकल परिवर्तन गर्न सुझाव

काठमाडौं । विश्वभरी नै कोरोना संक्रमणले फेरि तीब्रता लिएपछि भयावह अवस्था बनेको बेला संक्रमणका बारेमा नयाँ तथ्य फेला परेका छन् ।

प्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटले एउटा रिपोर्ट प्रकाशित गर्दै धेरैजसो संक्रमण हावाको माध्यमबाट भइरहेको बताएको हो । ल्यान्सेटले तत्कालसुरक्षा प्रोटोकलमा परिवर्तन गर्न समेत सुझाव दिएको छ ।

बेलायत, अमेरिका र क्यानाडाका ६ जना विशेषज्ञहरुले यो रिपोर्ट तयार गरेका हुन । उनीहरुका अनुसार, हावाबाट कोरोना फैलिन्न भन्ने कुरा प्रमाणित गर्न पर्याप्त प्रमाण छैनन् । जबकि अधिकांश वैज्ञानिकहरुले हावाबाट कोरोना नफैलिने बताउँदै आएका छन् ।

यी वैज्ञानिकहरुले भने कोरोना हावाबाट फैलिने १० वटा कारण बताउँदै सुरक्षा मापदण्ड परिवर्तन गर्न सुझाव दिएका हुन ।

याे पनि पढ्नुस  कञ्चनपुरमा ३, कैलाली र डडेल्धुरामा १–१ जनाको मृत्यु

हावाबाट फैलिने पक्षमा तर्क

१. भाइरसको सुपरस्प्रेडिङ इभन्ट (तीब्रगतिमा फैलिने घटना)ले सार्स–कोभिड२ भाइरलाई अगाडि लैजान्छ । वास्तवमा यो महामारीको शुरुआती वाहक हुनसक्छ । यस्तो ट्रान्समिशन साना थोपाहरुको साटो हावाको माध्यमबाट हुनु बढी सजिलो हुन्छ ।

२. क्वारेन्टाइन होटलहरुमा एकअर्कासँग जोडिएका कोठामा रहेका मानिसहरुमा यो संक्रमण देखिएको छ । जबकि यी मानिसहरु एकअर्काको कोठामा गएका थिएनन् ।

३. विशेषज्ञहरुले सबै कोभिडका घटनामा ३३ देखि ५९ प्रतिशतसम्म बिना लक्षण या प्रिजेप्टोमेटिक ट्रान्समिशन जिम्मवार रहेको बताएका छन् । जुन खोक्दा या हाँच्छ्यूँका कारण होइन

याे पनि पढ्नुस  संक्रमण र मृत्युदर हालसम्मकै उच्च, १८ जिल्लामा निषेधाज्ञा, आजदेखि थप कडाई

४. भाइरको ट्रान्समिशन आउटडोर (बाहिर)को तुलनामा इन्डोर (भित्र) बढी हुन्छ । यदि इन्डोरमा भेन्टिलेशन नभएमा सम्भावना निकै कम हुन्छ ।

५. नोसोकोमियल संक्रमण (जुन अस्पतालमा उत्पन्न हुन्छ) लाई ती स्थानमा पनि पाइएको छ जहाँ स्वास्थ्यकर्मीहरुले पिपिई कीटको उपयोग गरेका थिए । पिपिई किटलाई कन्टेन्ट र ड्रपलेट (कुनै साना कण या सूक्ष्म थोपा)बाट सुरक्षित बनाइएको हुन्छ तर हावाको बाटोबाट जोगिने कुनै तरिका त्यहाँ हुँदैन ।

६. विशेषहरुले कोभिड–२ हावामा पाइएको बताएका छन् । प्रयोगशालामा यो भाइरस कम्तिमा ३ घण्टा हावामा संक्रामक अवस्थामा रहेको थियो । कोरोना बिरामीका कोठा र कारको हावाको नमुनामा भाइरस पाइयो

याे पनि पढ्नुस  आज ४३९२ जना संक्रमित थपिए, २१ को मृत्यु

७. यो भाइरस कोरोना बिरामी भएका अस्पतालको एयर फिल्टरहरु र भवनको धुलोमा पाइए । जुन कि हावाबाट मात्रै त्यहाँ पुग्न सक्छन् ।

८. संक्रमित पिँजडामा बन्द जनावरमा पनि भाइरसका लक्षण पाइएका छन । यो धुलोमिश्रित हावाको कारण भएको हो ।

९. हावाबाट भाइरस सर्दैन भनेर पुष्टि गर्न विशेषज्ञहरुसँग कुनै प्रमाण छैन ।

१०. रेस्पाइरेटरी ड्रपलेट या फोमाइट जस्ता तरिकाबाट भाइरस फैलिने प्रमाण निकै कम छन् ।

रिपोर्ट पढन् यो लिंकमा क्लिक गर्नुहोस्

Ten scientific reasons in support of airborne transmission of SARS-CoV-2

 

कमेन्ट गर्नुहोस्