आजदेखि त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिता हुँदै, नेदरल्यान्ड्स र मलेसियाकाे टीम काठमाडाै‌मा

काठमाडौं । काठमाडौंमा आज शनिबारदेखि त्रिकोणात्मक ट्वेन्टी(ट्वेन्टी क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित देशहरुको प्रतियोगिताको कीर्तिपुर मैदानमा हुने भएको हो ।

शुक्रबारका दिन दोहोरो लिग प्रणालीमा हुने प्रतियोगिताअघि शुक्रबार तीनै देशका कप्तानले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् ।

शनिबारको उद्घाटन खेलमा दिउँसो सवा १ बजे नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपालले दोस्रो खेल मलेसियासँग बैशाख ६ मा, तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा र अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

लिगका शीर्ष दुई टिमले उपाधिका लागि बैशाख ११ गते फाइनल खेल्नेछन् ।

कोरोना संक्रमणको जोखिमका कारण सबै दर्शकले रङ्गशालामा नै बसेर हेर्ने अवस्था भने देखिँदैन । नेपाल क्रिकेट संघ क्यानले सीमित दर्शकलाई टियु क्रिकेट मैदानमा प्रवेश गराउने जनाएको छ ।

क्यानले खेल हेर्न डेढ सय रुपैयाँको टिकटको व्यवस्था गरेको छ ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अबको तयारी ट्वेन्टी ट्वेन्टी विश्वकपको रहेको भन्दै यो प्रतियोगिताले आफूहरुलाई अभ्यासका लागि मद्धत पुग्ने बताएका छन् ।

नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।

कमेन्ट गर्नुहोस्