आज ११ बजे प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार, आज ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।

बैठकमा के कस्ता एजेण्डामा छलफल हुने भन्ने कुरा औपचारिकरुपमा सार्वजनिक भएको छैन ।

प्रधानमन्त्रीले सम्भवतः प्रतिनिधि सभाको चालु बैठकमा प्रस्तुत गर्ने एजेण्डा, हिउँदे अधिवेशनको अन्त्य र कोरोना महामारीका बारेमा छलफल गर्नसक्ने बताइन्छ । कतिपयले मिलेनियम च्यालेन्ज कर्पोरेशनलगायतका सदनमा छलफल हुन नसकेका प्रस्तावका बारेमा समेत छलफल हुन सक्ने आँकलन गरेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

यसअघि बैठकका बारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शुक्रबार फोन गरेको समाचार सार्वजनिक भएको थियो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि ओली र प्रचण्डको भेट भएको छैन ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरू

कमेन्ट गर्नुहोस्