नेदरल्याण्ड्सले सस्तैमा गुमायो दुई विकेट, सन्दीप र सोमपालले लिए विकेट

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

टस जितेर पहिला बलिङ गरेको नेपालले तीन ओभरमा नेदरल्याण्ड्सका महत्वपूर्ण दुई विकेट लिइसकेको छ ।

नेपाललाई पहिलो सफलता सन्दीप लामिछानेले दिलाए । उनले आफ्नो पहिलो ओभरमै नेदरल्याण्ड्सका महत्वपूर्ण ब्याट्सम्यान म्याक्स ओवादलाई १० रनमा एल्बीडब्लू आउट गरे ।

नेपाललाई दोस्रो सफलता सोमपाल कामीले दिलाए । उनले बेन कपूरलाई शून्यमै आउट गरे ।

नेपाल टिमबाट आज आशिफ शेख र साहब आलमले डेब्यू गरेका छन् ।

नेपालको प्लेइङ–११:  ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल र साहब आलम ।

त्रिकोणात्मक सिरिजः नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरू (LIVE)

कमेन्ट गर्नुहोस्