लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचोः नेता सिंह

वालिङ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको बताएका छन् ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ र २ ले शनिवार वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले लोकतन्त्रको रक्षाका लागि अब कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

याे पनि पढ्नुस  जोशीप्रति सम्मान प्रकट गर्दै कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पनि नेपाली कांग्रेसले अबको नेतृत्व लिनुपर्ने समय आएको नेता सिंहको धारणा थियो । ‘कम्युनिष्टलाई पाँच वर्षसम्म स्थिर सरकार चलाउनका लागि जनताले निर्वाचित गरेका हुन्’, नेता सिंहले भने, ‘जुन अपेक्षासहित जनताले मत दिए तर त्यो मतको सही सदुपयोग गर्न कम्युनिष्टले सकेनन् ।’

याे पनि पढ्नुस  मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गयो : नेता सिंह

अब नेपाली कांग्रेसलाई समयको माग अनुसारको पार्टीका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै आगामी १४औँ महाधिवेशनबाट सशक्त नेतृत्व आउने उनको दाबी थियो । ‘कुरामा मात्रै होइन अब काममा विश्वास गरौँ’, नेता सिंहले भने, ‘अबको महाधिवेशनबाट काम गर्न सक्ने र पार्टीलाई सङ्गठित गर्न सक्ने खालको नेतृत्व चयनमा जोड दिऔँ, पार्टीलाई संस्थागत गर्दै लगौँ ।’

याे पनि पढ्नुस  अध्यादेशबारे बोल्यो कांग्रेस, भन्योः ‘बेमौसमी बाजा नबजाऔं !’

यसैबीच, नेता सिंहले आफ्ना पिता गणेशमान सिंहको नाममा वालिङ–११ बिसौनीमा स्थापना भएको गणेशमान स्मृति आधारभूत विद्यालयको अवलोकन गरे ।

सो अवसरमा उनले गणेशमान फाउन्डेशनमार्फत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै विद्यालयको भौतिक, शैक्षिक तथा पूर्वाधार निर्माणका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

कमेन्ट गर्नुहोस्