सरकार ढाल्ने काम भए दुर्भाग्य हुने पोखरेलको चेतावनी

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताएका छन् ।

हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको आज उद्घाटन गर्दै नेकपा (एमाले) का महासचिवसमेत रहेका उनले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान गरे ।

याे पनि पढ्नुस  उपप्रधानमन्त्री पोखरेलविरूद्ध पनि अख्तियारमा उजुरी

कर्णाली प्रदेशमा एमालेकै सांसदले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएकोप्रति लक्ष्य गर्दै पोखरेलले जालझेल गरेर सरकार ढाल्ने, अस्थिरता मच्चाउने र नयाँ बनाउने काम शुरु भए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्