ओली सरकारको विकल्प खोज्न सक्रिय छौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्न सक्रिय भएको बताएका छन् ।

शैक्षिक अभियान तथा दोस्रो र तेस्रो प्रदेश परिषद् उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले ओली नेतृत्वको सरकारको विकल्प खोज्न सक्रिय भएको बताएका हुन् ।

याे पनि पढ्नुस  कामचलाउ प्रधानमन्त्रीको सम्बोधन प्रचण्ड–माधव समूहका सांसदहरूद्धारा बहिस्कार

उनले भने, ‘ओली सरकारको अराजकता र वर्तमान अन्योलता हटाउन सक्रिय छौं । अहिल पनि त्यहीँ प्रक्रियामा सामेल हुने जानुपर्ने छ । धेरै समय छैन । हामी सरकार गठन, पुनर्गठनको ठूलो प्रक्रियाभित्र छौं ।’

प्रचण्डले गण्डकी प्रदेशमा अविश्वास प्रस्तावका लागि बहुमत जुटिसकेको र लुम्बिनीमा बहुमतको हस्ताक्षर संकलन लगभग भइसकेको दाबी गरे ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा, के विषयमा हुँदैछ छलफल ?

उनले प्रधानमन्त्री ओलीसँग नैतिकताको विचलन देखिएको बताए । उनले भने, ‘ओलीको अगाडि नैतिकता, भैंसीको अगाडि बिन बजाएजस्तो हो ।’

जाली–फटाहाले काठमाडौंमा ‘प्रचण्ड सकियो’ भन्दै दिग्भ्रमित पार्ने षडयन्त्र गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्