यी हुन् आजको सर्वदलीय बैठकले निकालेका मुख्य ३ निष्कर्ष (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा मुख्य तीन विषयमा छलफल भएको छ ।

बैठकमा एमसीसी, उपनिर्वाचन र कोरोना नियन्त्रणबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘सभामुखले सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न मिल्दैन। दुई बर्षदेखि सभामुखले एमसीसी रोकेर राख्नुभएको छ’, आजको सर्वदलीय बैठकका निष्कर्षबारे उनले भने, ‘बैशाख ७ गते अगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउन भनिनेछ । निर्णय जे गर्ने हो, सदनले गर्छ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बालुवाटरमा सुरु

त्यस्तै, बैठकले स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको उपनिर्वाचन संविधान र कानुनबमोजिम छिट्टै गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको थापाले बताए ।

कोभिड–१९ महामारीको दोस्रो चरणको संक्रमण नियन्त्रण गर्न सरकारले बढी ध्यान दिनुपर्ने बैठकले निष्कर्ष निकालेको थापाले बताए ।

प्रधानमन्त्री ओलीद्वारा कोरोना नियन्त्रणमा सहयोग गर्न सबै दलसँग आग्रह

कमेन्ट गर्नुहोस्