डेब्यूमै कुशलको आक्रामक अर्धशतक

काठमाडौं । आजदेखि काठमाडौंमा सुरू भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमै नेदरल्याण्ड्सविरुद्ध नेपाली टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

उनले डेब्यू म्याचमै ३० बलमा चार छक्का र पाँच चौकासहित अर्धशतक पूरा गरेका हुन् ।

योसँगै कुशलले कीर्तिमान बनाएका छन् । उनले नेपालबाट अन्तर्राष्ट्रिय टी–२० मा कम बलमा अर्धशतक बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाएका हुन् ।

याे पनि पढ्नुस  अमेरिकाविरुद्ध नेपाललाई ब्याटिङको निम्तो, कुशल मल्लको डेब्यू

सम्बन्धित समाचारः नेदरल्याण्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य

कमेन्ट गर्नुहोस्