८४३ संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आरटी–पीसीआरबाट ७६८ र एन्टीजेनबाट ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२६ जना निको भए ।

हालसम्म ९७ प्रतिशत संक्रमित निको भइसकेका छन् भने सक्रिय संक्रमित ५ हजार ५४५ छन् ।

कमेन्ट गर्नुहोस्