शहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको हो ।

सीसीएमसीले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ ।

याे पनि पढ्नुस  सुनको मूल्य २०११ यताकै उच्च

अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने सीसीएमसीले जनाएको छ ।

सरकारले कोरोना भाइरसको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै जनस्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्