अस्पतालमा अक्सिजनको कमी हुँदा २४ घण्टामा २२ जना कोरोना बिरामीको मृत्यु

नयाँ दिल्ली । मध्यप्रदेशको शहडोल मेडिकल कलेजमा अक्सिजनको आपूर्ति नहुँदा २२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

यी सबै बिरामी अस्पतालको आइसियु वार्डमा भर्ना भएका थिए ।

शनिवार राति १२ बजे अक्सिजन कमी भएपछि बिरामीहरु छटपटिन थालेका थिए । अस्पताल प्रशासनले सिलिण्डरको व्यवस्था गर्न नसकेपछि अवस्था झनै बिग्रिन गएको थियो । समयमा अक्सिजनको व्यवस्था नहुँदा १२ जना बिरामीको मृत्यु हुन पुगेको जागरण दैनिकले उल्लेख गरेको छ । त्यसअघि शनिवार मात्रै सोही वार्डमा १० जना बिरामीको मृत्यु भएको थियो ।

घटनाको एक दिन अघि मात्रै कमिश्नर राजीव शर्माले अस्पतालको निरिक्षण गरेका थिए ।

अक्सिजनको कमीका कारण बिरामीको मृत्यु भएपछि अस्पताल प्रशासनको चर्को आलोचना भएको छ ।

कमेन्ट गर्नुहोस्