मलेसियाविरुद्ध नेदरल्याण्ड्सले टस जितेर ब्याटिंग गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–अन्तर्राष्ट्रिय श्रृखंला अन्तगर्तको दोस्रो खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।

प्रतियोगिता अन्तगर्त आज हुने खेलमा नेदरल्याण्ड्सले मलेसियाको सामना गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले खेल भइरहेको छ ।

पहिलो खेलमा हार बेहोरेको नेदरल्याण्ड्सले दोस्रो खेलमा जित हात पार्दै प्रतियोगिताको फाइनलसम्म पुग्ने सम्भावनालाई जिवित राख्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

याे पनि पढ्नुस  नेदरल्याण्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य

अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरियतामा ३१ औं स्थानमा रहेको मलेसियाले भने १७ औं स्थानको नेदरल्याण्ड्समाथि जित हात पार्ने लक्ष्य राखेको छ ।

प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको विशाल जित हात पारेको थियो ।

कमेन्ट गर्नुहोस्