दिल्लीले पायो विशाल लक्ष्य, मयंक र राहुलको शानदार ब्याटिङ

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई १ सय ९६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ५६ रन बनायो ।

एसका लागि मयंक अग्रवाल र केएल राहुलले अर्धशतकीय पारी खेले ।

मयंकले ३६ बलमा सात चौका र चार छक्कासहित ६९ र राहुलले ५१ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६१ रन बनाए ।

याे पनि पढ्नुस  दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य, बुमराह र बोल्टको घातक बलिङ

त्यस्तै, दीपक हूडाले अविजित २२, साहरुख खानले नटआउट १५, निकोलश पूरनले ९ र क्रिस गेलले ११ रनको योगदान दिए ।

बलिङमा आवेश खान, लुकमान मेरिवाला, क्रिस वक्स र कागिसो रबाडाले एक/एक विकेट लिए ।

जारी संस्करणमा दिल्ली र पञ्जाब टिमले दुई/दुई म्याच खेलिसकेका छन् । जसमा दुवै टिमले समान एक खेलमा हार र एक/एक खेलमा जित हासिल गरेका छन् ।

याे पनि पढ्नुस  आईपीएल : चेन्नईद्वारा हैदराबादलाई १६८ रनको लक्ष्य

दिल्लीमा यो पटक ऋषभ पन्त कप्तान र पञ्जाब केएल राहुल कप्तान छन् । दिल्ली र पञ्जाबबीच भएका पछिल्ला पाँच म्याचमा पञ्जाब बलियो देखिन्छ ।

उसले दिल्लीलाई पाँच म्याच खेल्दा तीन म्याचमा हराएको छ । गत सिजनमा पञ्जाबले दुवै खेलमा दिल्लीलाई हराएको थियो ।

याे पनि पढ्नुस  आईपीएलमा पञ्जाबमाथि मुम्बईको शानदार जित

यो सिजनमा पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध सात विकेटले जित हात पारेको दिल्लीले दोस्रो खेलमा भने राजस्थान रोयल्सविरुद्ध तीन विकेटको हारको सामना गर्नु पुग्यो ।

पञ्जाबले पहिलो खेलमा राजस्थानलाई चार रनले हराएको थियो । दोस्रो म्याचमा भने पञ्जाब सीएसकेविरुद्ध सात विकेटले पराजित भयो ।

कमेन्ट गर्नुहोस्