यी हुन् लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ४२ सांसद (सूचीसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका ४२ सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

सम्बन्धित समाचारः लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

याे पनि पढ्नुस  लुम्बिनीकाे नयाँ मुख्यमन्त्रीमा माओवादीका केसी प्रस्ताव

सम्बन्धित समाचारः लुम्बिनीको नयाँ मुख्यमन्त्रीमा माओवादीका केसी प्रस्ताव 

८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन् । दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ ।

प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका २०, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

याे पनि पढ्नुस  जसपाको निर्णयलगत्तै अविश्वास प्रस्तावको प्रक्रिया अघि बढ्छ : नारायणकाजी श्रेष्ठ

बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।

कमेन्ट गर्नुहोस्