वाईसीएल लमहीको पहिलो नगर सम्मेलन सम्पन्न

लमही : वाईसीएल नेपाल लमही कमिटीको पहिलो नगर सम्मेलन सोमबार दाङको लमहीमा सम्पन्न भएको छ ।

लमही नगर सम्मेलन आयोजक कमिटिका संयोजक सन्दीप पाण्डको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ५ सदस्यपछि थप गर्नेगरी ३६ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

याे पनि पढ्नुस  खोलामा डुबेर दाङमा २ किशोरीको मृत्यु

वाईसीएल लमही नगर सम्मेलन आयोजक कमिटिका सदस्य ध्रुव चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको सम्मेलनका वक्ताहरूले वाईसीएललाई अझै जुझारु बनाउनु पर्ने र जनअपेक्षा अनुरूप अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वाईसीएल नेपाल लमही नगरका इन्चार्ज रविध्वज थापा, क्षेत्र नम्बर १ का संयोजक लोकमणी बन्जाडे, वाइसीएल दाङ जिल्लाका उपाध्यक्ष अनिल सेर्पाइली, प्रदेश कमिटी सदस्य वामदेव रिजाल, दाङ जिल्ला संयोजक माधव बुढाथोकी, दाङ जिल्ला इन्चार्ज सरोज पन्त, माओवाद केन्द्र दाङ जिल्ला सदस्य ओम प्रकाश सुवेदी (सागर) माओवादी केन्द्र लमही नगरपालिकाका सचिव वसन्त शर्मा लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  आतंककारी हमलामा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

कार्यक्रमको सञ्चालन उमेश बन्जाडेले गरेका थिए ।

कमेन्ट गर्नुहोस्