मन्त्री बनेका जसपाका सांसद पार्टीबाट निलम्बित, राजीनामा नदिए सांसद पद निलम्बन गर्ने चेतावनी (विज्ञप्तिसहित)

बुटवल : जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेश समितिले पार्टी निर्णय विपरीत सरकारमा जाने चार सांसदलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ । जसपाले २४ घण्टाभित्र सरकारबाट राजीनामा गरेर फिर्ता नभए संसद् पद निलम्बनको प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।

याे पनि पढ्नुस  नयाँ सरकार गठनबारे पौडेल र ठाकुरबीच भेटवार्ता

पार्टीको प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले विज्ञप्ती जारी गर्दै संसदीय दलको बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने बहुमतले निर्णय गरेर त्यही सरकारमा मन्त्रीको शपथ लिने चारै जनालाई तत्काल राजीनामा गरेर फिर्ता हुन निर्देशन गरेको छ ।

जसपाले सरकारमा मन्त्रीको शपथ ग्रहण गरेका सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई पार्टीको निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारबाट फर्कन निर्देशन गरेको हो ।

याे पनि पढ्नुस  जसपा कार्यकर्ताबीच आपसमैं झडप, आसन ग्रहणलाई लिएर भएको थियो विवाद

जसपाको विज्ञप्ति :

कमेन्ट गर्नुहोस्