जनउत्थान सामुदायिकले बोलायो साधारण सभा, २३ गतेदेखि बुक क्लोज

जनउत्थान सामुदायिक लद्युवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ ।

संस्थाले बैशाख ३० गते बिहीबार होटल न्यू ईरा, बुटवल उपमहानगरपालिका वडा नम्वर ९ कालिकापथ, रुपन्देहीमा विहान ठिक ११ बजे साधारणसभा बोलाएको हो ।

साधारणसभाले संस्थाको कायम रहेको चुक्ता पुँजी ७,९२,००,००० (सात करोड बयानव्बे लाख) को अर्थात ४९.४० प्रतिशले हुने रकम तीन कराेड एकानव्वे लाख चौविस हजार ८ सय बराबरको बोनस सेयर जारी गर्ने पस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना अनुसार, वैशाख २२ गतेसम्म शेयरधनी रहेकाहरुले कम्पनीले पारित गर्ने लाभांश पाउनेछन् । सोमबारसम्म जनउत्थान सामुदायिको अन्तिम बिक्रि भएको शेयरमूल्य ४३७० रहेको थियो ।

कमेन्ट गर्नुहोस्