आजदेखि कोरोना खोपको दोश्रो मात्रा लगाइने, उपत्यकामा ३५ केन्द्रको व्यवस्था

काठमाडौं । कोरोना खोपको पहिलो मात्रा लगाएकाहरुलाई आजदेखि दोश्रो मात्रा लगाइने भएको छ ।

कोरोना खोप अभियान अन्तर्गत आज दोश्रो मात्राको खोप लगाउन उपत्यकाका तीनवटै जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

यो अभियान आगामी ११ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप लगाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।

याे पनि पढ्नुस  कोरोना समस्याबारे कांग्रेसले ७ वटै प्रदेशमा अनलाईन अन्तर्क्रिया गर्ने

स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा, स्वास्थ्य कार्यालय ललितपुरले ११ वटा र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ।

कमेन्ट गर्नुहोस्