नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल (LIVE)

 

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

यी दुई देशबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरू भएको छ । नेपालले सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रोमा मलेसियालाई समान ९–९ विकेटले पराजित गरेको थियो। नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छ।

याे पनि पढ्नुस  भारतीय नक्साबारे लिखित विरोध दर्ता नगराउनु नेपालको कूटनीतिक कमजोरी

नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ। नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगावै फाइनल पुग्नेछ।

नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ। पाहुना टोली नेदरल्यान्ड्सलाई हराएर नेपाल सिरिजमा लगातार तेस्रो जित निकाल्न चाहन्छ।

नेदरल्यान्ड्स पनि नेपाललाई हराएर फाइनल पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

याे पनि पढ्नुस  विकाससिल मुलुकमा स्तरोन्नतिका लागि नेपालको नाम सिफारिस

नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ। नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड्स पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने सोचसहित मैदान उत्रिएको छ।

राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोली ११ गते फाइनल खेल्ने छन्।

नेपालले प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन। मलेसियाविरुद्धको खेलमा खेलाएको सेटलाई नै आजको खेलमा उतारेको छ।

याे पनि पढ्नुस  भारतले दियो नेपाललाई २३ टन औषधि सहयोग

नेपालको प्लेइङ–११ः कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी ९विकेटकिपर०, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा र शाहब आलम।

कमेन्ट गर्नुहोस्