नेपाललाई दोस्रो झड्का, आशिफपछि कप्तान मल्ल आउट

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

दोस्रो विकेटका रूपमा नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । उनी १४ बलमा २० रन बनाएर आउट भए ।

यसअघि, नेपालले आशिफ शेखलाई शून्य रनमै गुमायो ।

नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

अहिले नेपालले १० ओभरमा २ विकेट गुमाएर ८६ रन बनाएको छ ।

अहिले कुसल भुर्तेल र दिपेन्द्र सिहं ऐरीले ब्याटिङ गरिरहेका छन् ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रोमा मलेसियालाई समान ९/९ विकेटले पराजित गरेको थियो।

कमेन्ट गर्नुहोस्