त्रिकोणात्मक सिरिजमा कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध पनि नेपाली टिमको ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

उनले ४१ बलमा ६ चौका र एक छक्कासहित अर्धशतक बनाएका हुन् । जारी प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः १६ रन बनाएर आउट भए कुशल

योसँगै उनले नयाँ कीर्तिमान बनाएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा नेपालको तर्फबाट लगातार तीन अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन् ।

नेपालले आज नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

नेपालले यसअघि कप्तान ज्ञानेन्द्र मल्ललाई २० र आशिफ शेखलाई शून्य रनमा गुमाएको थियो ।

याे पनि पढ्नुस  कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’ मनोनयनमा, कसरी गर्ने भोट ?

कमेन्ट गर्नुहोस्