नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजको नेपालले निर्धारित २० ओभरमा ६ विकेछ गुमाउँदै २०६ रन बनायो । टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो ठूलो स्कोर हो । यसअघि १३ औं सागमा नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

याे पनि पढ्नुस  नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता, ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने

नेपालका लागि ओपनर कुसल भुर्तेल र उपकप्तान दिपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारि खेले । कुसलले ६२ र ऐरीले ६० रन बनाए ।

त्यस्तै, सोमपाल कामीले नटआउट २१, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८, विनोद भण्डारीले नटआउट ७ रन बनाए ।

याे पनि पढ्नुस  भारतले भन्यो– नेपालको नयाँ नक्सा स्वीकार गर्न सकिन्न

बलिङमा भिभियन किंग्मा, कप्तान पीटार सीलारले दुई/दुई, बासडी लिडे र आर्यन दत्तले एक/एक विकेट लिए ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रोमा मलेसियालाई समान ९/९ विकेटले पराजित गरेको थियो ।

नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ ।

याे पनि पढ्नुस  नेपाल पहिलो पटक साख परीक्षण गराउँदै

नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगावै फाइनल पुग्नेछ ।

कमेन्ट गर्नुहोस्