त्रिकोणात्मक सिरिजः नेदरल्याण्ड्ससँग नेपाल पराजित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालविरुद्ध नेदरल्याण्ड्स तीन विकेटले विजयी भएको छ ।

नेपालले दिएको २ सय ५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९।ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए ।

बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एकरएक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य

कमेन्ट गर्नुहोस्