सर्वोच्चका न्यायाधीश चुँडाल र सुवेदीबाट पद तथा गोपनीयताको शपथ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरू दुवैलाई शपथ गराए ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी थिए ।

याे पनि पढ्नुस  संवैधानिक परिषद् अध्यादेशः लिखित जवाफ माग

राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरू दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्