भारतः एकैदिन ३ लाख १५ हजार संक्रमित, अक्सिजन नपाउँदा २२ जनाको मृत्यु, सिलिण्डरको हाहाकार, महाराष्ट्रमा पूर्ण लकडाउन

नयाँ दिल्ली, भारतमा कोरोना संक्रमणले ठूलो त्रासदी निम्त्याएको छ । संक्रमण उच्च हुँदै गएपछि अस्पतालहरुमा अक्सिजनको संकट निम्तिएको छ ।

अस्पतालमा अक्सिजन नहुँदा कतिपय अस्पतालमा मृत्यु हुने संख्या बढेको छ । यसैबीच अदालतले कुनै पनि हालतमा अक्सिजनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

दिल्ली उच्च अदालतले अक्सिजनको संकट चुलिएपछि सरकारलाई जुनसुकै मूल्यमा पनि अक्सिजनको व्यवस्था गर्न निर्देशन दिएको हो । अक्सिजनको अभाव हुँदो दिल्लीमा एकैदिन २२ जना बिरामीको मृत्यु भएपछि अस्पतालको यो आदेश आएको हो । यसअघि पनि शिशडोल अस्पतालमा अक्सिजन सकिँदा १२ जनाको एकैपटक मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  निर्माता तथा निर्देशक करन जौहरको घरमा २ जनामा देखियो कोरोना

पछिल्लो तथ्यांक अनुसार, भारतमा बुधबार मात्रै ३ लाख १५ हजार ५ सय १५ मा कोरोना देखिएको छ । यो आजसम्मकै उच्च संख्या हो । सोही दिन कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १०१ पुगेको छ ।

हाल २२ लाख ८४ हजार २०९ जना बिरामीको उपचार चलिरहेको छ ।

याे पनि पढ्नुस  उत्तर प्रदेशका मुख्यमन्त्रीले भने, ‘घर फर्किन चाहने नेपाली जान सक्नुहुन्छ’

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह, शिक्षामन्त्री रमेश पोखरियाल र कांग्रेस सांसद शशि थरुर पनि संक्रमित भएका छन् । यसअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्व मुख्यमन्त्री अखिलेस यादव पनि कोरोना संक्रमित भएका थिए ।

यसैबीच संक्रमणको सबैभन्दा उच्च जोखिम रहेको भारतको महाराष्ट्रमा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । दिल्ली सरकारले समेत आंशिक लकडाउनको घोषणा गरेको छ ।

याे पनि पढ्नुस  भारतमा फेरि बढ्यो लकडाउन

कमेन्ट गर्नुहोस्