त्रिकोणात्मक सिरिजः मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा आज मलेसियालाई ६८ रनले हराउँदै नेपाल शीर्षमा रहँदै फाइनलमा प्रवेश गरेको हो । नेपालले लिग चरणमा खेलेका चारमध्ये एक खेलमा मात्र हारको सामना ग¥यो ।

नेपालले उपाधिका लागि शनिबार फाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  भारतबाट फर्केका व्यक्तिबाट मलेसियामा फैलियो १० गुणा बढी खतरनाक कोरोना भाइरस

उसका लागि अनिमउद्दीन रेम्लीले ४१, कप्तान अहमद फैजले ३१, फित्री सामले १४, वीरन्दीप सिंहले १३ र मुहम्मद वाफिकले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरीले तीन÷तीन र सुशान भारीले एक विकेट लिए ।

याे पनि पढ्नुस  नेपालमा रोकिएन कोरोना, के फेरि होला लकडाउन ?

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनायो ।

उसका लागि करण केसीले आक्रामक पारी खेले । उनले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो उच्च स्कोर हो । यसअघि यो प्रारूपमा उनको उच्च ब्याटिङ अविजित ४० रन हो ।

त्यस्तै, आज आशिफ शेखले ३२ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाए ।

याे पनि पढ्नुस  यी हुन् नेपाललाई १३औं सागमा ३६ स्वर्ण दिलाउने खेल र खेलाडी (सूचीसहित)

कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा चार छक्का र एक चौका हिकाउँदै ४१ रनको योगदान दिए । कुशल भुर्तेल आज १६ रनमा आउट भए ।
कुशलले यसअघि लगातार तीन अर्धशतक बनाएका थिए । त्यस्तै, आज दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले अविजित १९ रन बनाए ।
बलिङमा सैयद अजीज, अनवर रहमान र फित्री सामले सर्वाधिक दुई/दुई विकेट लिए ।

कमेन्ट गर्नुहोस्