२४२८ संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौं । नेपालमा थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २३ सय ६५ र एन्टीजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार कोरोनाबाट थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ ।

हाल १२ हजार ६९० सक्रिय संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्