आज कुन जिल्लामा कति संक्रमित थपिए? (सूचीसहित)

काठमाडौं : देशभर कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । गत २४ घण्टामा २ हजार ४ सय २८ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित छन् ।

आज प्रदेश १ को उदयपुरमा ३, झापामा २१, ताप्लेजुङमा २, धनकुटामा २, मोरङमा ११३, संखुवासभामा २ र सुनसरीमा मात्र ३६ जनामा कोरोना भेटिएको छ ।

याे पनि पढ्नुस  पाटन अस्पतालमा ३ संक्रमितको मृत्यु

प्रदेश २ को धनुषामा ८, पर्सा ७९, बारामा १०, महोत्तरीमा ७, रौतहटमा ७, सप्तरीमा ६, सर्लाहीमा ७ र सिरहामा ३ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ९८७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १७, चितवनमा २२, दोलखामा ३, धादिङमा ३, नुवाकोटमा १२, भक्तपुरमा ८१, मकवानपुरमा ३०, रामेछापमा ५, ललितपुरमा १०६, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  बिहानै फेरि थपिए ६० संक्रमित

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ४, तनहुँमा ४, नवलपरासी पूर्वमा २, पर्वतमा ३, मुस्ताङमा १, म्याग्दीमा ८, लमजुङमा २, बागलुङमा ७ र स्याङजामा १४ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा २७, गुल्मीमा १०, दाङमा २३, नवलपरासीमा १६, पाल्पामा ४२, प्युठानमा ८, बर्दियामा ३१, बाँकेमा २७७, रकुम पूर्वमा १, रुपन्देहीमा १२५ र रोल्पामा ३ जनामा कोरोना पाइएको छ ।

याे पनि पढ्नुस  नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा २, दैलेखमा ५, रुकुम पश्चिममा २, सल्यानमा ४, सुर्खेतमा ६ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३७, कैलालीमा ७३, डडेल्धुरामा ३, डोटी १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्