विशाल लक्ष्य दिन चुक्यो राजस्थान

काठमाडौं: १४औँ सिजनको आईपीएलको १६औँ म्याचमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

उसका लागि शिवम दुबे र राहुल तेवटियाले उत्कृष्ट ब्याटिङ गरे । दुबेले ३२ बलमा पाँच चौका र दुई छक्कासहित ४६ र तेवटियाले २३ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४० रनको पारी खेले ।

याे पनि पढ्नुस  आईपीएल : पञ्जाबमाथि राजस्थानको शानदार जित

त्यस्तै, रियान परागले २५, सञ्जु सामसनले २१ र क्रिस मोरिसले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा हर्षल पटेल, मोहम्मद सिराजले तीन/तीन, कायल जेमिसन, केन रिचडर्सन र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए ।

आरसीबीले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले रजत पाटिदारको स्थानमा केन रिचडर्सनलाई समावेश गरेको छ ।

याे पनि पढ्नुस  केकेआरविरुद्ध आरसीबी ८ विकेटले विजयी, उक्लियो दोस्रो स्थानमा

राजस्थानले पनि प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले जयदेव उनदकटको स्थानमा श्रेयस गोपाललाई मौका दिएको छ ।

जारी सिजनमा आरसीबीले तीन म्याच खेल्दा सबैमा जित हासिल गरेको छ । राजस्थानले भने तीन खेलमा एकमा मात्र जित हात पारेको छ ।

याे पनि पढ्नुस  दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा

आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, शाहबाज अहमद, ग्लेन म्याक्सवेल, बी डिभिलियर्स, काइल जेमिसन, वाशिङ्टन सुन्दर, हर्षल पटेल, केन रिचर्डसन, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

आरसीबीको प्लेइङ-११ : जोस बटलर, मनन बोहरा, सञ्जु सामसन (कप्तान), शिवम दुबे, डेविड मिलर, रियान पराग, राहुल तेवाटिया, क्रिस मोरिस, श्रेयस गोपाल, चेतन सकरिया र मुस्तफिजुर रहमान ।

कमेन्ट गर्नुहोस्