राजस्थानविरुद्ध आरसीबी १० विकेटले विजयी

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) १० विकेटले विजयी भएको छ ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य आरसीबीले १६.३ ओभरमा बिनाविकेट भेट्टायो । उसका लागि देवदत्त पाडिक्कलले शतकीय पारी खेले ।

उनले ५२ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०१ रन बनाए ।

याे पनि पढ्नुस  आरसीबी र मुम्बईको म्याच आज, यस्तो छ सम्भावित प्लेइङ-११

त्यस्तै, कप्तान विराट कोहलीले ४७ बलमा ६ चौका र तीन छक्काको मद्दतमा नटआउट ७२ रनको पारी खेले ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

उसका लागि शिवम दुबे र राहुल तेवटियाले उत्कृष्ट ब्याटिङ गरे ।

दुबेले ३२ बलमा पाँच चौका र दुई छक्कासहित ४६ र तेवटियाले २३ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४० रनको पारी खेले ।

याे पनि पढ्नुस  केकेआरद्वारा मुम्बईलाई १४९ रनको लक्ष्य, कमिन्सको अर्धशतक

त्यस्तै, रियान परागले २५, सञ्जु सामसनले २१ र क्रिस मोरिसले १० रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा हर्षल पटेल, मोहम्मद सिराजले तीन/तीन, कायल जेमिसन, केन रिचडर्सन र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  मुम्बईविरुद्ध बलिङ गर्दै पञ्जाब, को-कोले पाए प्लेइङ ११ मा मौका?

आजको जितसँगै आरसीबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार म्याच खेल्दा सबैमा जित हासिल गरेको छ ।

राजस्थानले भने चार म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ ।

१६ म्याच सकिँदा यस्तो बन्यो अंक तालिका :

 

कमेन्ट गर्नुहोस्