कोरोना सेन्टरमा आगलागी हुँदा १२ बिरामीको मृत्यु, भारतमा एकैदिन ३ लाख ३२ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना महामारीले भयंकर रुप लिएको छ ।

बिहिबार मात्रै भारतमा आजसम्मकै उच्च संक्रमण देखिएको छ ।

तथ्यांक अनुसार, बिहिबार मात्रै भारतमा ३ लाख ३२ हजार भन्दा बढीमा संक्रमण देखिएको हो ।

संक्रमण बढेपछि अस्पतालहरुमा बिरामीको चाप बढेको छ भने अक्सिजनको संकट देखिएको छ । अक्सिजनको कमीका कारण मृत्यु हुनेको संख्यामा समेत बृद्धि भएको छ । बिहिबार मात्रै २२ सय भन्दा बढी बिरामीको मृत्यु भएको छ ।

यसैबीच महाराष्ट्रको पालघर वसईको विजय वल्लभ कोभिड सेन्टरमा आगलागि हुँदा १२ जना बिरामीको मृत्यु भएको छ । कोरोनो अस्पतालमा आगो लागेपछि बिरामीहरुलाई नजिकैको अस्पतालमा शिफ्ट गरिएको छ ।

दुई दिन अघि पनि नासिकको सरकारी अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा २४ जना बिरामीको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्