डिनर छाेडेर बालुवाटारबाट फर्केका वामदेवले भने- ओलीलाई साथ दिन सकिन्न

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष ओलीलाई साथ दिन नसकिने बताएका छन् । फागुन २८ गतेकाे निर्णय फिर्ता नहुँदासम्म ओलीलाई समर्थन गर्न नसकिने उनकाे अडान छ । बिहिबनरका दिन बालुवाटारमा डिनरमा बाेलाईएका गाैतमले अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ ।
प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेसबुकमार्फत गाैतमले ओलीसँग भएको कुराकानीको अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको जानकारी दिएका हुन् ।

विहीबार बेलुकी आठ बजे ओली र गौतमबीच डिनर मिटिङ भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मिटिङमा ओलीले गौतमलाई पार्टीको काममा फर्किन अनुरोध गरेका थिए ।

तर गौतमले गत फागुन २८ गते ओलीले गरेका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए, जसलाई ओलीले नकारेका थिए । त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन’ भनेर विदा भएका थिए । ‘डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ,’ गौतमले भनेका छन् ।

कमेन्ट गर्नुहोस्