एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरू

काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरू भएको छ ।

गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । आजको बैठकमा नेता नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने तयारी छ ।

याे पनि पढ्नुस  कारवाही फुकुवालगत्तै नेपाललाई ओलीको फोन, भने– भेटौं

पार्टी अनुशासन विपरीत गुटबन्दी गरेको आरोप ओली समूहले नेपाल समूहलाई लगाउँदै आएको छ । यही बीचमा कर्णाली प्रदेशसभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएपछि ओली झन् रुष्ट भएका छन् ।

यस बाहेक नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकारलगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ ।

याे पनि पढ्नुस  एकीकरण गर्ने भए निवेदन दिन आयोगको एमाले र माओवादीलाई आग्रह

 

कमेन्ट गर्नुहोस्