माधव नेपालको टिप्पणीः ओलीको दम्भ धरहराभन्दा माथि पुग्यो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि पुगेको टिप्पणी गरेका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेको नेपालले ओलीसँग बिहीबार भएको वार्ताका क्रममा आफूलाई धरहरा देखाउँदै दम्भ प्रदर्शन गरेको व्यङ्ग्यसमेत गरे ।

याे पनि पढ्नुस  चौतर्फी असर भन्दैमा हातखुट्टा बाँधेर बस्न मिल्दैनः प्रम ओली

‘प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराभन्दा माथि भर्याङ उक्लेर चढेको छ,’ उनले भने, ‘उहाँ हिजो (बिहीबार) धरहरा हेर्दै हुनुहुन्थ्यो । धरहरा हेरेर आफ्नो दम्भ देखाउँदै हुनुहुन्थ्यो । उहाँको दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन छोड्दैनौ, पार्टी पनि छोडदैनौँ, संघीयता त्याग्दैनौँ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले अनलाइन शिखर सम्मेलनलाई सम्बोधन गर्दै

उनले ओलीसँगको वार्ता ‘बालुवा पेलेर तेल निकाल्नु’ जस्तै भएको बताए । उनले भने, ‘बालुवा पेलेर तेल निस्किँदैन ।’

ओलीसँग कुराकानी सुरू भएकोमा आफू केही आशावादी भए पनि ओलीमा दम्भ कायमै रहेको पाएकाले अब आफू धेरै आशावादी नरहेको उनले स्पष्ट पारे ।

याे पनि पढ्नुस  ओलीलाई माधव पक्षले दियो थप १३ घण्टा समय

उनले प्रधानमन्त्री ओली पार्टी एकताको पक्षमा नरहेको आरोपसमेत लगाए ।

कमेन्ट गर्नुहोस्