ओलीले गठन गरे स्थायी कमिटी, माधव पक्ष शुन्य !

काठमाडौं । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले स्थायी कमिटी गठन गरेका हुन् ।

स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा ’बादल’, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल राखिएका छन् ।

याे पनि पढ्नुस  कीर्तिमानी पदक विजेता गौरिकाले ५९ लाख पाउने !

तर, वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कुनै नेतालाई स्थायी कमिटिमा राखिएको छैन ।

कमेन्ट गर्नुहोस्