कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसद निश्कासित

काठमाडौं । कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरि निश्कासन गरिएको छ ।

शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले ह्वीप उल्लंघन गर्ने ४ जना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद पद नरहने गरि निश्कासन गरेको हो ।

निश्कासन गरिएका सांसदले एमाले संसदीय दलको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

कमेन्ट गर्नुहोस्