दुबै डोज कोरोना खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकमा समेत देखियाे संक्रमण

कोरोना खोपको पूर्ण मात्रा लगाएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ ।

भारतमा यसप्रकारका घटना व्यापक देखिएपनि नेपालमा दुबै खोप लगाएका व्यक्तिमा कोरोना देखिएको यो पहिलो घटना हुनसक्छ ।

ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपालमा कोरोना संक्रमण देखिएको हो । उनले कोरानोविरुद्धका खोपको दुबै मात्रा लगाएका थिए । चिकित्सक नेपालसँगै पत्नी पनि संक्रमित भएकी छिन् ।

याे पनि पढ्नुस  चितवनमा चिकित्सक र स्वास्थ्यकर्मीसहित ८६ सङ्क्रमित

देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए । उनले बैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए ।

भारतमा भएका अनुसन्धानहरुले कोरोना भाइरसको युके भेरियन्टले खोप लगाएका व्यक्तिलाई समेत संक्रमित बनाएको देखिएको छ । केही दिनअघि भारतको एम्सलगायतका अस्पतालमा खोप लगाएका दर्जनौं स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो । डा. नेपालमा कोरोनाको युके भेरियन्ट हो वा होइन भन्ने कुरा भने अझै निक्र्यौल भइसकेको छैन ।

याे पनि पढ्नुस  अन्ततः झुक्याे सरकार: अब काेराेना परीक्षण र उपचार निशुल्क हुने

कमेन्ट गर्नुहोस्